पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न उपभोक्ता मञ्चको माग

१० जेष्ठ २०७९, मंगलवार १८:२६

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्यबृद्धि न्यूनिकरण गर्न सरकारसमक्ष माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई एक निवेदन पेश गर्दैै पछिल्लो सयम बढेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि न्युनिकरण गर्दै आम जनतालाई राहत दिलाउन माग गरेको हो ।

सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमले अन्तर्राष्ट््िरय बजारमा मूल्य बढेको कारण देखाइ गतबर्षको शुरुवात देखि नै मूल्य बढाउन थालेको र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको अघि र पछि गरी ३ पटक मूल्यबृध्दि गर्दा आम नेपाली जनता आतंकित र आक्रोशित भएको कुरा उल्लेख गर्र्दै मञ्चले मूल्यबृद्धि तत्कालै न्यूनीकरण गर्न माग गरेको छ ।

नेपालको सन्दर्भमा पेट्रोलियम पदार्थको मूल्यबृध्दिबाट जनताको दैनिक जीवन अत्यन्त कष्टकर हुंदै गएको, दैनिक उपभोग्य वस्तुहरुको मूल्यबृध्दि, निर्माण सामाग्रीको मूल्यबृध्दि, औद्योगिक तथा आयातित वस्तुहरुमा भएको मूल्यबृध्दि तथा सार्वजनिक सवारी तथा ढुवानीमा हुने भाडाबृध्दिले गर्दा समग्र नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा नै नकारात्मक असर पर्न पर्न थालेको सरकारलाई अवगत गराउंदै यस बिषयलाई गम्भिरताका साथ लिई पेट्रोलियम पदार्थमा भई रहेको मूल्यबृद्धिलाई न्यूनिकरण गर्न माग राखेको हो ।

रशिया र युक्रेनबीचको युद्धको कारण बिश्वमा नै बढदै गएको पेट्रोलियम पदार्थको मूल्य बृध्दिको कारण बिश्व नै आक्रान्त भई रहेको र यसको प्रभाव अनेक दैनिक उपभोग्य वस्तुमा समेत पर्दै आएको उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*