सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर वा खारेज

१० जेष्ठ २०७९, मंगलवार १७:३९

काठमाडौं ।  सरकारले वित्तीय रुपमा कमजोर भएका सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।

कार्यक्रम अनुसार वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको प्राथमिकता व्यवस्थापन सुधार हुने, त्यो सम्भव नभए मर्जरमा लैजान र त्यो पनि नभए खारेजीमा जाने नीति सरकारको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*