सवारी चालक अनुमति पत्र शीघ्र वितरण गरिने सरकारको घोषणा

१० जेष्ठ २०७९, मंगलवार १७:१६

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सहज बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज संसदमा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

सवारी चालक अनुमति पत्र सरल र सहज रुपमा वितरण गरिने राष्ट्रपति विद्यादेवि भण्डारीले बताएकी हुन् । केही समयअघि लाइसेन्स छपाई तथा वितरणमा ढिलाई भएकोमा आगामी दिनमा शीघ्र लाइसेन्स वितरण गरिने आजको नीति तथा कार्यक्रममा घोषणा भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*