अजोड इन्स्योरेन्सको सिईओमा खत्रीले पाए निरन्तरता, बीमा समितिबाट स्वीकृत
१० जेष्ठ २०७९, मंगलवार १६:०९
काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरिदिएको छ।समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति गरिदिएको हो ।
कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले आज स्वीकृत गरेसँगै आगामी चार बर्ष उनको कार्यकाल रहनेछ ।