सांसद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउन दिए सुझाव
काठमाडौं । सांसद विनोद चौधरीले शेयर बजार लागू गरिएको ४/१२ को व्यवस्था हटाउनुपर्ने सुझाव दिएका छन् । उनले सरकार नै नीतिगत व्यवस्थामा अडिग रह्न नसक्दा शेयर बजारको सुधार र विकास हुन नसकेको अर्थसमितिको बैठकमा बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा अर्थ समतिले मंगलबार राखेको छलफलमा बोल्दै चौधरीले सेयर बजार सुधारका लागि सरकारले सुधारका कदमहरु चाल्नुपर्ने बताएका हुन ।
तर, सेयर बजारको सम्बन्धमा सरकारको नजरिया नै कमजोर भएको चौधरीको भनाई छ । उनले प्रश्न गरे, ’सेयर बजारप्रति सरकार किन यस्तो ? बजारको विकासमा सरकारको नीति नै किन बाधक ?’ सेयर बजार लागू गरिएको ४÷१२ को व्यवस्था हटाउनुपर्ने उनको सुझाब छ ।
अर्थतन्त्रको ऐना समेत भनिने पूँजीबजारको विकासमा कानूनमा भएका व्यवस्थाका कारण समेत समस्या आउने गरेको उनको भनाई छ । आईपीओको चरणमा रहेका कम्पनीको प्रक्रिया कानुनी व्यवधानका कारण नै नटुङ्गिएको उनले बताए ।उनले सरकारी ढुकुटी (राष्ट्र बैंक) मा ५०० अर्ब रुपैयाँ होल्ड भएको भन्दै पूँजीगत खर्चबढाएर बैंंकिङ प्रणालीमा तरलता बढाउन समेत सुझाव दिए ।