सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न, १० जनाको आवेदन रद्द
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ऋणपत्र आज बाँडफाँड भएको हो ।
बैंकले अंकित मुल्य .१,००० रुपैयाँको दरले २२ लाख कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत अर्थात १३ लाख २० हजार कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४ लाख ४ हजार कित्ता समेत) सर्वसाधारणमा वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म बिक्री खुल्ला गरेकोमा रितपूर्वक आवेदन दिएकालाई ऋणपत्र बाँडफाँड गरेको हो ।
सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्ता डिबेन्चरमध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १० हजार कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्पmत आवेदन दिने २ हजार २७२ जना आवेदकहरुबाट ७८ हजार ७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकि २ हजार २६२ जना आवेदकहरुबाट प्राप्त ७८ हजार ३७० कित्ता डिबेन्चर बाँडफाँड गरिएको हो ।
त्यस्तै, परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७ लाख ९१ हजार ६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१ लाख ११ हजार ६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम नै अर्थात २१ लाख ११ हजार ६३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर आज बिहान ९ः३० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट गर्ने कार्य सम्पन्न भएको हो ।