भरतपुर महानगरमा रेणु दाहाल अत्याधिक बहुमतले विजयी

१० जेष्ठ २०७९, मंगलवार ११:०९

काठमाडौं । भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहाल अत्याधिक बहुमतसहित आज दोस्रो कार्यकालका लागि पुननिर्वाचित भएकी छिन् । आज विहान सम्पन्न भएको मत गणनामा दाहाल अत्याधिक बहुमतले बिजयी भएकी हुन् ।

बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा दाहालले ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि विजयी भएकी हुन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी दाहाल यस पटक एमालेकै बिजय सुवेदीलाई हराउँदै मेयरमा निर्वाचित भएकी हुन् । निकटतम् प्रतिद्धन्दी सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।

गठबन्धनभित्रबाट बागी उम्मेदवार बनेर रेणु दाहाललाई हराउन भारतीय योजनामा रणनीतिक प्रयास भएपनि त्यसलाई चिर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी समेत रहेकी दाहाल मेयरमा बिजयी भएकी हुन् । गठबन्धनभित्रबाट बागी बनेका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।

त्यस्तै, उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराउन सफल भएका छन् । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए । नेपाली कांग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका हुन् । ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ । माओवादी केन्द्रले १३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।

विजयी भएका जनप्रतिनिधिहरुलाई जिल्ला समन्वय समितिको हलमा सपथ आजै पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम राखिएको छ । मेयर दाहालले आजै पदभार ग्रहण गर्नेछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*