जनरल इन्स्योेन्सको साधारण सभा जेठ ३१ गते बस्ने, हकप्रद शेयर निष्काशन मुख्य एजेण्डा

१० जेष्ठ २०७९, मंगलवार ११:१०

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सो सभा जेठ ३१ गते बस्नेगरी डाकेको हो ।

इन्स्योरेन्सको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३१ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पीको अधिकृत पुँजी, चुक्तापुँजी र जारी पुँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।

यसबाहेक सभाले अन्य कुनै निर्जिबन बीमा कम्पनीसँग गाभ्ने, गाभिने वा मर्जरमा जाने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचाकल समितिलाई प्रदान गर्ने, आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

साथै सोही आवको २०७७।०७८ को नाफा नोक्सान हिसाब, २०७७ को असारसम्मको वासलात, नगद प्रवाह जस्ता विवरण सम्बन्धी अनुसुचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिबाट नियुक्त गरिएको संचालक नाम अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज (बुकक्लोज)को मिति जेठ १९ गते तोकेको छ । यसअनुसार जेठ १८ गतेसम्म कायम शेयधरनीहरु मात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*