नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, असार १७ गतेबाट कार्यभार सम्हाल्ने
काठमाडौं । नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । कम्पनीको बिशेष साधारणसभाले उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ।
ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका छन् । त्यसको करिव एक साताअघि नविल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिन्छ ।
नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गर्न लागेको नविलले मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका एनबीका पूर्वसीईओ ढुंगानालाई सीईओको जिम्मेवारी दिन लागेको हो । ढुंगाना पहिलेदेखि नै क्षमतावान सीईओको रुपमा पनि चिनिदै आएका छन् ।
उनले कार्यभार सम्हालेको दुई साताभित्र नविल र एनबीको एकीकृत कारोबार हुनेछ । स्रोतका अनुसार असार ३० गतेभित्र एकीकृत कारोबार गर्नेगरी काम भइरहेको छ ।
मर्जरपछिको नयाँ नविल बैंकमा डेपुटी भुपेन्द्र पाण्डे रहने छन् । उनलाई एनबीको तर्फबाट व्यवस्थापनको दोस्रो वरियतामा राख्न लागिएको हो।