काठमाडौं महानगरपालिकामा पुनः मतगणना गर्न माग

९ जेष्ठ २०७९, सोमबार १५:२२

काठमाडौं । काठमाडौं महानगरपालिकामा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ ।काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आज निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

काठमाडौँ महानगरपालिकामा कलम चिह्नबाहेक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गरेका छन् ।

उम्मेदवार नै नभएका उपमेयरको रूख चिन्हमा मत सङ्केत हुँदा आफू उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेकोप्रति उनको असन्तुष्टि छ । यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको उनको जिकिर छ ।

‘तसर्थ स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुने गरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहो¥याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ’, उनको निवेदनमा भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*