घटेको घट्यै पुनर्बीमा कम्पनीको शेयर मूल्य, अर्थमन्त्री शर्मा रमिते बन्दा डुब्यो कम्पनी

९ जेष्ठ २०७९, सोमबार १२:५०

काठमाडौं । पछिल्लो तीनदिन यता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य लगातार घटिरहेको छ। नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई समेत बीमा समितिले प्राथमिकतामा राख्दै गएसँगै कम्पनीको शेयर मूल्य घट्दै गईरहेको शेयर विश्लेषकहरुले अनुमान गरेका छन् ।

समितिले नेपाल पुनर्बीमाले पाउँदै आएको २० प्रतिशत पुनर्बीमा आरक्षण खोसेर निजि कम्पनी हिमालयन रिलाई दिने निर्णय गरेको हो ।बीमा समितिले हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय पठाउन ३९ वटै बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा बीमा समितिले यस्तो निर्णय गरेको हो जसले सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यवसायमा धक्का पर्ने देखिएको छ। उच्च मूल्यबाट कम्पनीको शेयर मूल्यबाट ११२१ रुपैयाँ घटेर साताको अन्तिम दिन ८९० रुपैयाँमा कारोबार भएको थियो भने आज ८७७ पुगेको छ।

एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ८८९ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले घटेको छ।
१९ प्रतिशत लाभांश घोषणापछि केही बढेको शेयर मूल्य अहिले भने लगातार घटिरहेको छ। तर अहिले भने सेयर शेयर मूल्य घटिरहेको छ।

१ खर्ब ६ अर्बको पुँजीकरण भइसकेको कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर कारोबार सुरु भएको हो।

कम्पनीको चुक्ता पुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरीसमेत छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने नीतिसमेत लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*