३६५ दिन नै बैकिङ्ग सुविधा दिन तत्पर एनआइसी एशिया बैंक, शनिबार र आइतबार यी शाखा खुल्ने

९ जेष्ठ २०७९, सोमबार ११:४०

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ३६५ दिन नै बैकिङ सेवा सुविधा दिने निर्णय गरेको छ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै बैंकले सो बाट आफ्ना ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै निश्चित शाखाहरु खोली बैकिङ्ग सुविधा दिने निर्णय गरेको हो ।

सरकारले जेठदेखि लागूहुनेगरी विभिन्न सरकारी कार्यालय तथा बैंक वित्तीय संस्थाहरुलाई शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । आइतबार बिदा हुँदा लाखौं ग्राहकहरु बैकिङ्ग सुविधाबाट बञ्चित हुनसक्ने भन्दै केही बैंकहरुले आइतबार सीमित शाखाहरु संचालनमा ल्याउने निर्णय गरेको छ ।

यसैबीच एनआइसी एशिया बैंकले भने शनिबार र आइतबार पनि केही निश्चित शाखा संचालनमा ल्याई बैकिङ्ग सेवा सुविधा दिने जनाएको छ । सो संचालित शाखाबाट डिपोजिट, विथ ड्र बाहेकका अन्य ग्राहक सेवाहरु उपलब्ध नहुने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*