ह्वात्तै बढ्यो इन्धनको मूल्य, ग्याँस १८०० पुग्यो, पेट्रोल १८० माथि (मूल्यसूचिसहित)

८ जेष्ठ २०७९, आईतवार २१:३८

काठमाडौं । वर्तमान शेर बहादुर देउवा नेतृत्वको जनताको दैनिकीलाई असहज बनाउने गरी सरकारले भारी मात्रामा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको छ । जनतामारा निर्णय गर्दै देउवा नेतृत्वको सरकारले खाना पकाउने ग्याँसको मूल्य दुई हजार नजिकै पुर्याएको छ ।

आयल निगमका अनुसार अब ग्याँस प्रतिसिलिण्डर १८०० ढुवानी भाडा बाहेक पर्नेछ । पसलदेखि घरसम्म ढुवानी गरी ग्याँस भान्सामा पुर्याउँदा अब १९०० पर्ने भएको छ ।

उता, पेट्रोलको मूल्यमा पनि भारी मात्रामा बृद्धि गरी प्रतिलिटर १८० रुपैयाँ पुर्याएको छ । नेपालको इतिहासमा यति धेरै महंगो इन्धनको मूल्य पुगेको पहिलो पटक हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले जनताको समस्यालाई भन्दा मुनाफालाई ध्यान दिएर इन्धनको मूल्य बढाउँदा जनताको ढाड सेकिन पुगेको छ । भोट माग्नुअघि के के दिन्छु भन्दै चुनावमा पठाएर अहिले भोट हालिसकेपछि इन्धनको मूल्य बढाएर ढाड सेक्नुले जनता आक्रोसित बन्न पुगेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*