सत्याल द अनलाईन लनिङ्ग प्लाटफर्मको इन्टरनेट पार्टनरमा वल्डलिंक

८ जेष्ठ २०७९, आईतवार २०:२०

काठमाडौं । सत्याल द अनलाईन लनिङ्ग प्लाटफर्मको इन्टरनेट पार्टनरमा वल्डलिंक नियुक्त भएको छ । अनलाईनबाटै सर्माट कक्षा संचालन गर्ने तयारीमा रहेको सत्याल द अनलाईन लनिङ्ग प्लाटफर्मले बालबालिकाहरुको शैक्षिक स्तरीकृत गर्ने कार्यक्रम सहित यो योजना ल्याएको हो ।
शकौँदेखि पाठ्यपुस्तक उत्पादन गर्दै आएको सत्याल पब्लिकेसनले विद्यालय र कलेज शिक्षालाई डिजिटलीकरण गर्न सफ्टवेयरको विकास गरेको जनाएको छ ।

सत्याल डिजिटलका प्रमुख कार्यकारी अधिकृत आर्यन सत्यालले विद्यार्थीले ब्यागभरी धेरै किताब बोकेर जान नपर्ने र अनलाइनबाटै कक्षा, अनलाइन टेष्ट, ईबुक, असाइन्मेन्ट लगायतका सबै काम गर्न सकिने बताए । उनले अनलाइन परीक्षाको लागि कपि पेष्ट हुन नसक्ने गरी सफ्टवेयरको विकास गरिएको समेत जानकारी दिए ।

साथै सत्याल डिजिटल एपमा १० हजार बढी शिक्षक आबद्ध रहेको र अभिभावकले जुन शिक्षक राम्रो लाग्छ छानेर ट्युसन पढाउन सक्नेछन् । सत्याल डिजिटल डटकमबाट यसको प्रयोग गर्न सकिने छ ।

यसका लागि वर्ल्डलिंकको सहकार्यमा सफ्टवेयरको विकास गरिएको छ । सत्याल डिजिटलको वर्ल्डलिंक इन्टरनेट पार्टनर रहेको र वर्ल्डलिंकले आफ्ना देशभरका नेटर्वकबाट सबैले सेवा पाउने छन् ।

जसमा बालबालिकाले मात्रै नभई शिक्षकहरुले समेत यसबाट रोजगार पाउनेछन् । गुणस्तरीय शिक्षा प्रदान गर्न यो प्लार्टफमले वल्डलिङ्ग सेवा देशकै राम्रो सेवा दिने भएको कम्पनी भएको कारण कम्पनीसँग सहकार्य गरेको प्लार्टफर्मले जनाएको छ ।

सत्याल द अनलाईन लनिङ्ग प्लाटफर्मले मासिक रुपमा रकम भुक्तानी गर्नलाई ३ सय रुपैयाँ, तीन महिनामा भुक्तानी गर्नेलाई ८ सय रुपैयाँ, ६ महिनामा रकम भुक्तानी गर्नेलाई १५ सय रुपैयाँ र बार्षिक रुपमा भुक्तानी गर्नेलाई २५ सय रुपैयाँ लिने जनाएको छ ।

अन्य अनलाईन लनिङ्ग प्लार्टफम भन्दा सस्तो, गुणस्तरीय र विश्वस्नीयका साथ कम्पनीले यो सेवा बजारमा ल्याउन लागेको हो । हाल कम्पनीले इबुक सुविधा, अनलाईन ट्य्सन क्लास, अनिवार्य कक्षाहरु अनलाईनबाटै गुणस्तरीय शिक्षा दिने हेतुले ल्याइएको जनाएको छ ।

आगामी दिनमा विभिन्न विधालयहरुसँग पनि सहकार्य हुने कम्पनीले जनाएको छ।गुणस्तरीय शिक्षाको माध्यम बनाउन कम्पनीले यसको सुरुवात गरेको र आगामी दिनमा अझै स्तरीकृत बनाउदै लैजाने प्लाटफर्मले कार्यक्रममा जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*