विविध कार्यक्रमका साथ महालक्ष्मी विकास बैंक बार्षिकउत्सव कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफनो बार्षिकउत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम समेत संचालन गरेको छ। बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा प्रभातफेरी निकालेको हो ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ भने ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
१०३ शाखाहरुबाट करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।
ग्राहकहरुको सेवामा बैंक सधै तत्पर रहेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिंदै अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।