शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकले पौने २ लाख कित्ता शेयर बिक्री गर्ने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले ३५ दिने सूचना प्रकाशित गरेको हो ।
कम्पनीका संस्थापक शेयरधनीहरु एशियन डिष्ट्रिब्युटर्स प्रा.लि.को नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रा.लि.को २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो ।
प्रचलित नियमअनुसार उक्त शेयर पहिलो चरणमा कम्पनीका संस्थापक शेयरधनीलाई नै बिक्री गर्नुपर्ने भएको कारण उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवल ११, कालिकानगर, रुपन्देहीमा आवेदन दिन सक्नेछन् ।
साथै सोही अवधिभित्र शेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य कुनै व्यक्ति तथा संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।