बालेनभन्दा अगाडि लौरो चिन्हबाट मेयर बने हर्क राई, धरानमा गरे चमत्कार

७ जेष्ठ २०७९, शनिबार १३:२०

काठमाडौं । हालै सम्पन्न भएको निर्वाचनमा लौरोले तहल्का मच्चाएको छ । लौरो चुनाव चिन्ह काठमाडौंका मेयर बनेका बालेन साह यतिबेला देशभित्र मात्रै नभए विश्वभर नै चर्चामा छन् ।

तर, लौरो चुनाव चिन्ह लिएर बालेन साहभन्दा अगाडि मेयर पदमा निर्वाचित भने हर्क राई भएका छन् । एक लाखभन्दा बढि मतदाता भएको धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका हर्क राईले कांग्रेस र एमालेका उम्मेदवारलाई धुलो चटाउँदै मेयरमा बिजयी भएका हुन् ।

उनलाई निर्वाचन आयोगले औपचारिक बिजय घोषणा गर्न भने बाँकी छ । मत गणनाको अन्तिम परिणाम आउन बाँकी भएपनि उनको मतान्तर गन्न बाँकी मत भन्दा बढि भएपछि जित निश्चित भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार उनले १५०७७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका किशोर राईले १२७१० मत प्राप्त गरेका छन् । अब गणना गर्न जम्मा दुई हजार मात्रै मत बाँकी रहेको छ ।

लौरो चिन्ह लिएर काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएका बालेन साहले सिंगो देश हल्लाइरहेको बेला कम चर्चामा रहँदै धरान उपमहानगरपालिकामा राईले जितेर चमत्कार गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*