जीततर्फ अघि बढ्दै भरतपुरमा रेणु दाहाल
काठमाडौं । चितवनस्थित भरतपुर महानगरपालिकाको मत गणना जारी छ । पछिल्लो विवरण अनुसार भरतपुर महानगरको मेयरमा रेणु दाहालको जीत लगभग निश्चित जस्तै बनेको छ ।
पछिल्लो परिणाम अनुसार कुल ६९ हजार ६१२ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी रेनुले २७ हजार ७८ मत पाएकी छिन् भने एमालेका विजय सुवेदीले २२ हजार ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४१४ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २९ हजार १३२ मत तथा राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार दाहालले पाँच हजारभन्दा बढि भोटले अग्रता लिएपछि दाहालको जीत लगभग निश्चित बनेको हो ।
यद्यपि भरतपुरमा रेणु दाहाललाई नेपाली कांग्रेसले इमान्दारपूर्वक भोट नहालेको देखिएको छ । भरतपुर महानगरका मित्रसेन अधिकारीले रेणु दाहालले भन्दा दुई हजारबढि भोट पाएका छन् । रेणु दाहालले २७ हजार ७८ मत पाउदा उपमेयरमा कांग्रेसका मित्रसेन अधिकारीले २९ हजार १३२ भोट प्राप्त गरेका छन् ।