मुक्तिनाथ विकास बैंकले आइतबार पनि ८ शाखा मार्फत बैंकिङ्ग सुबिधा दिने

६ जेष्ठ २०७९, शुक्रबार २२:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबार सार्वजनिक बिदाको दिन पनि आफ्नो सीमित शाखा कार्यालयबाट बैंकिङ सुबिधा दिने भएको छ ।

नेपाल सरकारले जेठदेखि लागूहुनेगरि साताको दुईदिन (शनिवार र आइतवार) सार्वजनिक बिदा दिने निर्णय गरेसङगै बैंकले आफ्ना ग्राहकहरुको सेवा सुबिधाको लागि आइतबार पनि देशैभर ८ शाखा संचालनमा ल्याउने भएको हो ।

बैंकले प्रदेश न.१ को इटहरी शाखा, मधेस प्रदेशको जनकपुर (भानुचोक)शाखा, बागमती प्रदेश अन्तर्गत काठमाडौंको न्युरोड र ठमेल शाखा र चितवनको नारायणगढ शाखा, गण्डकी प्रदेश अन्तर्गत नागढुङगा पोखरा शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखा र सुदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी शाखा मार्फत बैंकिङ सेवा सुबिधा दिने भएको हो ।

जसमा प्रदेश १ र मधेश प्रदेशमा बिहान ११ बजेदेखि २ बजेसम्म, बागमती प्रदेशको ठमेल शाखा दिउँसो २ बजेदेखि साझ ५ बजेसम्म र न्युरोड र नारायणगढ शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने कम्पनीले जनाएको छ ।

सरकारले देशको आर्थिक संकटलाई सन्तुलनमा ल्याउनको लागी पेट्रोलियम पदार्थको खपत घटाउन सरकारी कार्यालयदेखि बैंक वित्तीय संस्थालाई आइतबार बिदा दिने निर्णय गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*