नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा आज हुँदै

७ जेष्ठ २०७९, शनिबार ०६:३७

काठमाडौं । मर्जर प्रस्तावसहित नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा आज हुँदैछ । नेपाल बंगलादेश बैंक र नबिल बैंकले भोलि साधारण सभा बोलाएको हो ।नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी विषेश साधारण सभा बोलाएको छ ।

सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता(१ः०.४३)हुने गरी प्राप्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी नेपाल बङ्गलादेश बैंकले शनिवार बिहान ११ बजे भर्चुअल माध्यमबाट विशेष साधारण सभा बोलाएको छ । विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यी कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि वैशाख ३० गते बुक क्लोज गरेको हुदाँ बैशाख २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*