आरटीजीएसमा एक विकास बैंक र तीन वित्त कम्पनीहरुलाई आवद्ध

६ जेष्ठ २०७९, शुक्रबार १२:५६

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउसले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराएको छ ।नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स तथा श्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन् । यस अघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा च्त्न्क् प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक÷वित्तीय संस्था मध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटिजीएस मार्फत सो प्रणालीमा जोडिएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*