सनराइज बैंकले आइतबार पनि यी शाखामार्फत बैकिङ्ग सेवा सुविधा दिने
काठमाडौं । सनराईज बैंक लिमिटेडले आइतबार सार्वजनिक विदाको दिन पनि बैंकिङ्ग सेवा सुविधा दिने भएको छ । बैंकले नेपाल सरकारले हरेक आइतबार विदा दिने घोषणा गरेसँगै ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यजनर गर्दै सीमित शाखाहरु संचालनमा ल्याई बैकिङ्ग सुविधा दिन लागेको हो ।
नेपाल सरकारले देशमा बढ्दै गएको आर्थिक संकटलाई सन्तुलनमा ल्याउन पेट्रोलियम पदार्थको खपत घटाउन जेठदेखि लागू हुनेगरी आइतबार पनि सार्वजनि विदा दिने निर्णय गरेको थियो ।
सो आदेशलाई पालना गर्दै सरकारी कार्यालय लगायत निजी स्तरका कार्यालयहरु समेत आइतबार विदा हुने भएको छ । केही बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो ग्राहकहरुलाई सुविधा दिने हेतुले निश्चित शाखाहरु संचालन गरेर बैकिङ्ग सेवा सुविधा दिने घोषणा समेत गरेको छ ।
यस्तैमा सनराईज बैंक लिमिटेडले एक सूचना प्रकाशित गर्दै प्रदेश नंं १ अन्तर्गत इटहरी, विराटनगर र विर्तामोड शाखा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने जनाएको छ ।
त्यस्तै, गण्डकी प्रदेश अन्तर्गत पोखरा र डुम्रे शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, मधेश प्रदेश अन्तर्गत वीरगंज, राजविराज र बर्दिबास शाखा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म, लुम्बिनी प्रदेश अन्तर्गत भैरहवा, नेपालगंज, सुनवल र बुटवल शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म, वागमती प्रदेश अन्तर्गत, गैह्रिधारा, भक्तपुर, न्युरोड, तिनकुने, कालिमाटी, गोंगबु र नारायणघाट शाखा १० बजेदेखि दिउँसो १ बजेसम्म संचालन रहनेछ । त्यस्तै वागमती प्रदेशकै गाबहाल शाखा दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म संचालन रहने बैंकले जनाएको छ ।
त्यस्तै, सुदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी, सुख्खड र महेन्द्रनगर शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालनमा रहनेछ । साथै वागमति प्रदेशको गैह्रिधारा शाखाको काउन्टर सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन रहनेछ ।