लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १३ देखि कुमारी बैंकको शेयर बिक्री गर्दै, कसरी दिने आवेदन ?

६ जेष्ठ २०७९, शुक्रबार ११:१०

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सो कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लुम्बिनी जनरल इन्स्योरेन्सले बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकेको छ । यसअनुसार उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयधरनी वा जो कोही संगठित संस्था तथा व्यक्तिहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले न्यूनतम १० हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक आवेदकले जेठ १३ गतेदेखि कति कित्ता लिन चाहाने हो सम्पूर्ण विवरण खुलाई बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*