नेपाल फाइनान्सको हकप्रद शेयर आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

६ जेष्ठ २०७९, शुक्रबार १०:५२

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर आज (जेठ ५)गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुका लागि हकप्रद जारी गरेको हो ।

कम्पनीले १ कित्ता शेयर बराबर नयाँ ०.७० कित्ता (१ः०.७०) को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । फाइनान्सले अंकित मूल्य १०० रुपैयाँका दरले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि गत वैशाख २१ गते बुकक्लोजको मिति तोकेको थियो । यसकारण वैशाख २० गतेसम्म कायम शेयधरनीहरुले उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीका विद्यमान शेयरधनीहरुले हकप्रदका लागि आगामी जेठ ६ गतेदेखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।उक्त हकप्रदमा फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंबाट वा शाखा कार्यालयहरु र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय र मेरो शेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत कात्तिक १ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद निष्काशन गर्नका लागि निवेदन दिएको थियो । बोर्डले चैत ८ गते फाइनान्सलाई सो अनुपातमा हकप्रद निष्काशन तथा बिक्री गर्न अनुमति प्रदान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*