धरानमा ‘लौरो’ चुनाव चिन्ह बोकेका साम्पाङले लिए अग्रता

५ जेष्ठ २०७९, बिहीबार १२:५४

काठमाठौं । ‘लौरो’ चिन्ह रहेको काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको त चर्चा जताततै छ । संयोगबस सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ (राई)को पनि चुनाव चिन्ह ‘लौरो’ नै रहेको छ । यसैका कारण उनले पछिल्लो समय मतगणनामा अग्रता लिइरहेका छन् ।

साम्पाङले धरान उपहानगरपालिकामा स्वतन्त्र उम्मेदवारबाट मतान्तर बढाइरहेका छन् । उम्मेदवारको किसिम र चुनाव चिन्ह पनि एउटै भएको कारण उनले नेपाली काँग्रेसका उम्मेदवार किशोर राईलाई १४७ मतले पछि पारेका छन् ।

बालेनसँगको चुनाव चिन्ह जुध्नु संयोगमात्रै रहेको उनले बताएपनि कहिकतैबाट एउटै चुनाव चिन्हले पनि मत आइरहेको उनको भनाई छ ।
पछिल्लो अपडेटअनुसार साम्पाङले ८ हजार ५०२ मत प्राप्त गरेका छन् भने किशोर राईले ८ हजार ३६२ मत पाएका छन् ।

स्थानीय तहको निर्वाचन सकिपश्चात् भएको मतगणनामा हर्कराज र किशोरबीच चर्को प्रतिस्पर्धा भइरहेको छ । अघिल्लो दिनसम्म काँग्रेसका उम्मेदवार राईले झिनो अंकले मतान्तर बढाएर साम्पाङलाई पछि पारेका थिए । आज १० बजेको पछिल्लो तथ्याङ्कअनुसार साम्पाङले १४७ मतको अग्रता लिएका हुन् ।

त्यस्तै, तेस्रोमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ७१३ मत पाएर पछ्याइरहेकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*