एनआइसी एशिया र जनउत्थान लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

५ जेष्ठ २०७९, बिहीबार ११:०७

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले रोजगारीको अवसर खुलाएको छ । जनउत्थान सामुदायिक लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

जनउत्थान सामुदायिक लघुवित्त
जनउत्थान लघुवित्तले नायब कार्यकारी प्रमुख, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत।कनिष्ठ अधिकृत (सञ्चार तथा सूचना प्रविधि विभागीय प्रमुख) मा एक–एक जना कर्मचारी माग गरेको हो । त्यस्तै, कष्ठि अधिकृत, बरिष्ठ सहायक।सहायक, कनिष्ठ सहायक।प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी मागेको छ ।

उक्त पदका लागि संस्थाले एसएलसी देखि स्नकोत्तर तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइटमार्फत फाराम डाउनलोड गरी कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१२ कालिकानगर, रुपन्देही तथा सम्पूर्ण शाखा कार्यालयमार्फत र कम्पनीको इमेलमार्फत पनि आवेदन दिन सक्नेछन् ।

एनआईसी एशिया लघुवित्त
लघुवित्तले उप–प्रदेश प्रमुख, अनुगमन अधिकृत, एसीसीए वा सेमि क्वालिफाइड सीए (अधिकृत सुपरभाइजर) र निक्षेप सम्बन्ध प्रबन्धकमा केही संख्यामा रोजगारीको अवसर खुलाएको हो ।

सो पदहरुका लागि कम्पनीले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले जेठ १८ गतेसम्म सम्पूर्ण कागजात संकलन गरी कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*