बालेन साहले २१ हजार कटाउँदा स्थापितको ११ हजार कटेन, सिर्जना झनै पछाडि

५ जेष्ठ २०७९, बिहीबार ०६:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । काठमाडौंको भित्री कोर क्षेत्रको भोटले स्थापित बिजयी हुन्छन् भन्ने मान्यतालाई चिर्दै बालेन साह निरन्तर अगाडि बढिरहेका छन् । यसले कतिपय एमाले कांग्रेसहरुलाई स्तब्ध पार्ने देखिएको छ ।

आज विहानसम्मको पछिल्लो तथ्याङ्क अनुसार बालेन साहले २१ हजार १११ मत प्राप्त गर्दा एमालेका केशव स्थातिपको जम्मा १० हजार ९९८ मत मात्रै पुगेको छ । उता, नेपाली कांग्रेसकी नेतृत्व सिर्जना सिंह झनै पछाडि पर्दै १० हजार १७३ भोट मात्रै पाएकी छिन् ।

कूल एक लाख ९१ हजार मत खसेको काठमाडौंमा हालसम्म ५१ हजार भोट गनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*