ठूलो परियोजना तथा कम्पनीहरूमा विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमिका खेलेको छ : सिईओ शाह

४ जेष्ठ २०७९, बुधबार १७:२८

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच विदेशी लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।आजलगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले विदेशी लगानी ल्याउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि भन्दै नबिल बैंक र बोर्डबीच सम्झौता भएको हो । नबिल बैंकका सीईओ अनिल केशरी शाहले यसअघि पनि नबिल बैंकले विदेशी लगानी भित्र्याउनका लागि महत्वपूर्ण काम गरेको बताउँदै अझै पनि काम गर्ने धारणा राखे ।

उनले हालसम्म नेपालमा सञ्चालित ठूलो परियोजना तथा कम्पनीहरूमा विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमिका खेलेको बताउँदै उनले नबिल बैंक देशमा अझै पनि विदेशी लगानी भित्र्याउनका लागि तत्पर नै रहने बताए ।

‘अरुण तेस्रोको वित्तीय व्यवस्थापनमा पनि हामीले काम गरेका छौं, अहिले विदेशी लगानी रहेको एनसेललाई नै हामीले ल्याएका हौं, नेपालको विकासका लागि नबिल बैंकले महत्वपूर्ण भूमिका खेलेको छ, नबिल बैंकक पहिलेदेखि विदशी लगानी ल्याउनमा फोकस छ, अझै पनि हामी पसिना बगाएर काम गर्न चाहन्छौं,’ सीईओ शाहले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*