जीवन बीमा कम्पनीहरुको लगानी साढे ४ खर्बमाथि, कुन क्षेत्रमा कति?

४ जेष्ठ २०७९, बुधबार १२:००

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले करिब साढे ४ खर्ब भन्दा बढी लगानी गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ४ खर्ब ५८ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले मुद्धती निक्षेपबाट बाहिर निस्कदै विभिन्न क्षेत्रमा समेत लगानीको दायरा बढाएर अगाडि लगिरहेको छ । बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्न बीमा कम्पनीहरुलाई लगानी सम्बन्धी निर्देशिका जारी गरेसँगै कम्पनीहरुल लगानीको दायरा बढाउदै लगिरहेको छ ।

त्यसमध्ये बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप ६८.४६ प्रतिशत लगानी रहेको छ । जीवन बीमा कम्पनीहरुले कुल लगानी मध्ये ६६.६५ प्रतिशत वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

यस्तै विकास बैंकहरुको मुद्दती निक्षेपमा जीवन बीमा कम्पनीहरुले कुल लगानीको १.५५ प्रतिशत, फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ०.२१ प्रतिशत र नेपाल पूर्वाधार बैंकको निक्षेपमा ०.०५४ प्रतिशत गरी गरी ६८.४६ प्रतिशत लगानी गरेका हुन् ।

समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँ, विकास बैंकहरुको मुद्दती निक्षेपमा ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ९६ करोड ९९ लाख रुपैयाँ र नेपाल पूर्वाधार बैंकको निक्षेपमा २५ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले कृषि तथा पर्यटन क्षेत्रमा ४१ अर्ब १४ करोड ४१ लाख रुपैयाँ, घरजग्गामा ३६ करोड २४ लाख रुपैयाँ र अन्य क्षेत्रमा ३७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले शेयर बजारमा ६५ अर्ब ५ करोड रुपैयाँ मात्रै लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा धेरै रकम थुप्रिदा शेयर बजारमा भने कुल लगानीको १४.१९ प्रतिशत मात्रै रकम भित्रिएको हो ।

जीवन बीमा कम्पनीहरुले शेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, सरकारी बचतपत्र तथा ऋणपत्र, म्युचुअल फण्ड तथा नागारिक लगानी कोष लगायतमा सो बराबरको रकम लगानी गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीहरुको साधारण शेयरमा ८ अर्ब ५४ करोड ९७ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र २८ अर्ब ७० करोड ६१ लाख, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ५१ करोड रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रुपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ४ अर्ब २५ करोड ३० लाख रुपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*