कावासोतीको मतगणनामा धाँधली भएको भन्दै पुनः मतगणना गर्न कांग्रेस र नेकपा माओवादीको माग

४ जेष्ठ २०७९, बुधबार ११:३१

काठमाडौं । नवलपुर कावासोतीको मतगणना स्थगित गर्न माग गरिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात मतगणनामा धाँधली भएको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोग समक्ष मतगणना स्थगित गरी पुनः मतगणना गर्न माग गरेको हो ।

कावासोती नगरपालिकाको जारी मत गणनाका क्रममा वडा नं. १ र १२ को मतगणना गर्दा प्राप्त मतका आधारमा लगाइएको रेजा र मत अंक कम्प्युटरमा प्रविष्ट गर्दा गलत अंक प्रविष्ट गरी नेपाली कांग्रेस र नेकपा माओवादीका प्रतिनिधिलाई दस्तखत गर्न लगाई गलत नतिजा धोषणा गरिएकोले दुवै पक्षले संयुक्त रुपमा निर्वाचन आयोगसमक्ष निवेदन पेश गरी मतगणना स्थगित गर्न माग गरेको हो ।

सो घोषणाप्रति नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र)ले असहमति जनाई वडा नं. १ र १२ को पुनः मत गणनाको माग गर्दै जेठ ३ गते निर्वाचन आयोग समक्ष माग राखेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*