राप्रपाले काठमाडौंमै जित्यो, गठबन्धनलाई हराउँदै नापित बने शंखरापुरको मेयर
काठमाडौं । कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरपुर नगरपालिकाको मेयर जितेको छ । राप्रपाको काठमाडौंको शंखरापुर राप्रपाको पहिलो जित हो ।
मंगलबार साँझ सकिएको मतगणनामा राप्रपाका रमेश नापित ४७०० भोट ल्याएर बिजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत पाएर दोस्रो भएका छन् । त्यस्तै नेकपा एमालेका कृष्णलाल बजगाईंले ३६२२ र माओवादी केन्द्रका मधु केसीले २२४४ मत पाएका छन् ।
शंखरापुरको उपप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विजयकुमारी वाइवाले ३२९८ मत पाएकी छिन् । त्यस्तै, एमालेकी लक्ष्मी केसीले २९४३ र माओवादी केन्द्रकी चण्डिका चौलागाईंले २२६२ मतमा चित्त बुझाउन बाध्य भएकी छिन् ।