हिमालयन रिको पक्षमा बीमा समितिको निर्णयबारे विश्व बीमक महासंघले प्रश्न उठायो, अध्यक्ष सिलवाललाई स्पष्टिकरण

३ जेष्ठ २०७९, मंगलवार २१:५९

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक अर्बौ रुपैयाँ फाइदा अर्बभन्दा बढि व्यवसाय सुनिश्चित गर्ने गरी बीमा समितिले २०७८ मंसिर ९ गते गरेको निर्णयबारे विश्व बीमक महासंघले पत्र काटेर स्पष्टिकरण लिएको खुलेको छ । विश्व बीमक महासंघले बीमा समितिबाट २०७८ मंसिर ९ गते जारी च न. १२६ नम्बरको निर्देशनबाट पुनर्बीमालाई स्थानीयकरण गरेपछि बीमा सम्बन्धी विश्वकै सर्वोच्च निकाय बीमा नियमन सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईएआईएस) मै आगामी नोभेम्वरमा छलफल हुने विश्वास लिएको जनाएको छ ।

विश्व व्यापार संगठनको महत्वपूर्ण अंग समेत रहेको विश्व बीमक महासंघका अध्यक्ष ब्राण्ड स्मीथले गत २१ डिसेम्वर २०२१ मा पठाएको पत्रमा बीमा समितिले बीमाको सामान्य सिद्धान्त विपरित मात्रै नभएर आइएआईएसको नियमलाई समेत उल्लंघन गरेको आरोप लगाएको छ । नेपालको बीमा समितिले गरेको विवादास्पद निर्णयबारे विश्वभरिका बीमा तथा पुनर्बीमकहरुको साझा संस्था विश्व बीमक महासंघमा एसियाली बीमक संघ हुँदै गुनासो पुगेपछि पत्र काटेर स्पष्टिकरण सोधेको खुलेको छ ।

विश्वव्यापी रुपमा अनुसरण हुँदै आएको बीमाको सिद्धान्त, मूल्य र मान्यता भन्दा बाहिर गएर हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई फाइदा हुने गरी नीतिगत भ्रष्टाचार गर्दै बीमा समितिबाट मंसिर ९ गते जारी निर्देशन नं १२६ २०७८/०७९ मार्फत नेपाली बीमा कम्पनीहरुले नेपाली कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउने व्यवस्था गरेको थियो । उक्त निर्णयको चर्को विरोध भएपछि बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलेको नेतृत्वमा कार्यदल बनाए पनि हालसम्म प्रतिवेदन समेत पेश गर्न सकेको छैन । बीमा समितिले दोस्रो पटक गत बैशाख २८ गते अर्को निर्णयमार्फत पुनर्बीमालाई थप स्थानीयकरण गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारेमा पनि विश्व बीमक महासंघमा गुनासो पुगिसकेको जनाइएको छ ।

 

बीमा सम्बन्धी अन्तर्राष्ट्रिय निकाय विश्व बीमक महासंघले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा सूचना अधिकारी निर्मल अधिकारीलाई स्पष्टिकरण सहित छलफलमा उपस्थित हुन भनिएको भएपनि बीमा समितिले छलफल नै गर्न चाहेको छैन । विश्व बीमक महासंघले पुनर्बीमाको सिद्धान्त नै जोखिम विविधरण र जोखिम हस्तान्तरण भएको स्मरण गराउँदै एक ठाउँमा जोखिम केन्द्रीत गर्नै नमिल्ने कुरा नेपालमा भइरहेकोमा ध्यानाकषर्ण समेत गराएको छ । तीन अर्बको घुस सेटिङमा बीमा समितिबाट दर्ता भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले लगातार व्यवसाय सुरक्षित गराउने प्रयत्न गरेपछि बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय संस्थाले बीमा समितिको काम कारवाहीमाथि प्रश्न चिन्ह उठाएको छ ।

बीमा समितिले गरेको अनैतिक निर्णइको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयले छानविन गर्ने जनाए पनि अर्थमन् त्रालयको चेन अफ कमाण्डमा घुसपैठ गरेर माफियाको टिमले ढिसमिस गरिदिएको थियो । पछिल्लो समय हिमालयन रि काण्ड र उक्त कम्पनीलाई फाइदा पुग्ने गरी बीमा समितिबाट भएको निर्णयको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्मा समेत बोल्न छोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई आफ्नी छोरीको खातामा पाँच लाख रुपैयाँ जम्मा गर्दा कारवाही गर्ने उज्यालोका नायक अर्थमन्त्री जनार्दन शर्मा विष्णु पौडेलले तीन अर्बभन्दा बढि घुस सेटिङमा लाईसेन्स दिएको हिमालयन रिमा अर्बौ घोटाला काण्डमा भने मौन रहँदै आएका छन् ।

विश्व बीमा महासंघले पुनर्बीमालाई स्थानीयकरण गर्ने बीमा समितिको निर्णय सम्बन्धमा स्पष्टिकरण सोधेको बिषयमा बीमा समितिले औपचारिक रुपमा कुनै जानकारी बाहिर ल्याएको छैन ।

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*