सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि, कुन क्षेत्रमा कतिले बढ्यो ?

३ जेष्ठ २०७९, मंगलवार १८:५३

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडादर पुनः वृद्धि गरेको छ। जेठ ४ गते (भोलि)देखि लागू हुनेगरी सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो।

भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयत निगमले चुनावको भोलिपल्टै अर्थात वैखाक ३१ गते नै डिजेल÷पेट्रोल र मट्टितेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

https://drive.google.com/file/d/1Yn5E3shlQREVkWmTaHWQoxtd9B10zlFE/view

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*