देशैभर नेपाली काँग्रेस १५४ स्थानमा बिजयी, एमालेले १०३ स्थानमा जित्दा माओवादीले जम्मा ७७ स्थानमा

३ जेष्ठ २०७९, मंगलवार १८:५०

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । आज बेलुकासम्मको विवरणअनुसार देशैभरिमा ३५१ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

सो विवरणअनुसार नेपाली कांग्रेसले १५४ स्थानमा जित हासिल गर्दै सबैभन्दा अग्र स्थानमा रहेको छ । कांग्रेसले अध्यक्षमा १५४ स्थानमा जित हासिल गरेको छ भने उता उपाध्यक्षमा पनि १५३ स्थानमा जितिसकेको छ ।

त्यस्तै दोस्रो स्थानमा नेकपा एमालेले स्थान जमाएको छ । एमालेले १०३ स्थानमा जितेको छ भने उपाध्यक्ष पदमा १०२ स्थानमा जित हासिल गरेको छ ।

तेस्रोमा नेकपा माओवादी केन्द्रले स्थान ओगटेको छ । माओवादीले ७७ स्थानमा अध्यक्षमा जित हासिल गरेको छ भने उपाध्यक्षमा ७६ स्थानमा जित हासिल गरेको छ ।

तुलनात्मक हिसाबमा हेर्नुपर्दा नेपाली काँग्रेसले नेकपा एमालेको भन्दा ५१ बढी स्थानले अग्रता लिएको छ भने माओवादीको भन्दा दोब्बर अग्रता लिएको छ । यता नेकपा एमालेले माओवादीको भन्दा २६ बढी स्थानको मतान्तर बनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*