विन नेपाल लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग स्पष्टिकरण मागेको छ । नेप्सेले धितोपत्र दोस्रो बजार कारोबार रोक्का गरी स्पष्टिकरण पेश गर्न आह्वान गरेको हो ।
लघुवित्तको वैशाख २९ गतेको पत्रानुसार संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय गरी वैशाख ३० गतेको पत्रमार्फत जेठ ३ गते बुकक्लोज गर्ने भनिएकोमा नेप्सेले लघुवित्तसँग स्पष्टिकरण मागेको हो ।
धितोपत्र सूचीकरण निनियमावली २०७५ को धितोपत्र सूचीकरण सम्बन्धि सम्झौतापत्रमाा भएको व्यवस्थाअनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तिमा ७ दिन अगाडी नेप्सेलाई दिनुपर्नेमा संस्थाले वैशाख ३० गतेमात्रै जानकारी गराएर उक्त व्यवस्था उल्लंघन गरेकोमा शेयर कारोबार रोक्का गरी स्पष्टिकरण पेश गर्न अनुरोध गरेको हो ।
नेप्सेले ३ दिनभित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो सो कारण खुलाई स्पष्टिकरण पेश गर्न लघुवित्तलाई आदेश दिएको छ ।