चार दिनपछि खुलेको शेयरबजारमा विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट

३ जेष्ठ २०७९, मंगलवार १२:२६

काठमाडौं । वैशाख ३० गतेदेखि बन्द भएको शेयरबजार आजदेखि खुलेको छ । शेयरबजार खुलेको केही समयमा नै नेप्से सूचक उच्च अंकले घट्न पुगेको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा एक साताअघिसम्म हरियाली छाएको शेयरबजार निर्वाचन सकेसँगै बजार खुलेको केही समयमा नै घट्न पुगेको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से ४७ अंकले घटेर सूचक २३ सयको विन्दुमा कायम हुन पुगेको छ । यस समयसम्म भने ४७ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

मंगलबार बजार खुलेको केही समयमा नै विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । लघुवित्तको शेयर १० प्रतिशत अर्थात् १२३ रुपैयाँ ६० पैसाले घटेर शेयरमूल्य १११२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*