प्रदेश र केन्द्रीय सरकारको मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु

३ जेष्ठ २०७९, मंगलवार ११:०६

काठमाडौं । स्थानीय निकायको निर्वाचन सकिए लगत्तै केन्द्रीय सरकार र प्रदेश सरकार पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको छ ।
ओली सरकारलाई ढालेर देउवा सरकार गठन भए लगत्तै भएको सहमति अनुसार आधा आधा कार्यकालको सिद्धान्त अनुसार प्रदेश सरकारको नेतृत्व फेरबदल हुनेछ । त्यसको लागि गृहकार्य सुरु भएको नेकपा समाजवादीका एक नेताले बताए ।

उच्च स्तरीय स्रोतका अनुसार पूर्ववत सहमति अनुसार संघीय सरकारको मन्त्रिपरिषद समेत पुनर्गठन हुनेछ । केही मन्त्रालय हेरफेर समेत हुनसक्ने स्रोतले जनाएको छ । नेपाली कांग्रेसले अर्थमन्त्रालयको काम कारवाही प्रति असन्तुष्टि जनाएर उक्त मन्त्रालय साट्न प्रस्ताव अघि बढाउने तयारी गरिरहेको छ । उता, परराष्ट्र मन्त्रालयमा समस्या रहेको माओवादी केन्द्रको बुझाई छ । नेकपा माओवादी केन्द्रका प्रबक्ता नारायणकाजी श्रेष्ठले सरका पुनर्गठनबारे छलफल सुरु नभएको बताए । यद्यपि दलहरुभित्र अब छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुने भन्दै मन्त्री बन्नेहरुले चलखेल सुरु गरिसकेका छन् ।

अहिले पार्टी निर्वाचनकै समीक्षा गरिरहेकोले औपचारिक छलफल नभए पनि अनौपचारिक रुपमा छलफल सुरु भएको बताइन्छ । हाल प्रदेश नं १ र बागमति प्रदेशका मुख्यमन्त्री रहेको नेकपा समाजवादी पार्टीले उक्त प्रदेशको नेतृत्व जेठ ११ गते नै कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति यसअघि नै भएको थियो । त्यस्तै, गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई विस्थापन गरी नेकपा एसले पाउने सम्भावना रहेको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*