जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा जेठ २८ गते, बुकक्लोज कहिले ?

३ जेष्ठ २०७९, मंगलवार १०:५४

काठमाडौं । जाल्पा सामुदायिक लुघवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको जेठ १ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २८ गते शनिबारका दिन बुटवल रुपन्देहीमा बस्ने निर्णय गरेको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसबाहेक कम्पनीको चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धित विषय संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डाहरुलाई अनुमोदन गरी पारित गर्नेछ ।

कम्पनीको साधारण सभा प्रयोजनार्थ जेड १२ गते बिहिबारदेखि जेठ २८ गतेसम्म शेयर दाखिला खारेजी बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसरा जेठ ११ गतेसम्म कायम शेयरधनीहरुमात्र उक्त सभामा उपस्थित हुन पाउनेछन् ।

कम्पनीले यस वर्षमात्रै सर्वसाधारणहरुमा आइपीओ जारी गरेको थियो । यसपटक संस्थाले शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । सोअनुसार यसपटक शेयरधनीहरुको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*