विन नेपाल लघुवित्तको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

३ जेष्ठ २०७९, मंगलवार १०:४५

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेकोमा लाभांश संशोधन गरेको हो ।

कम्पनीको वैशाख २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयधरनीहरुलाई साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात् कायम चुक्तापँुजी ७२ करोड ४४ लाख रुपैयाँबाट ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।

उक्त लाभांश नियमक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

साथै लघुवित्तको सोही मितिमा नै बसेको संचालक समितिको बैठकले वार्षिक साधारण सभा जेठ २० गते बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बस्ने निर्णय गरेको छ । साथै साधारण सभा प्रयोजनार्थ र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ३ गतेदेखि जेड २० गतेसम्म शेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*