देशभर ११२ स्थानमा कांग्रेस बिजयी, एमालेले ६५ स्थानमा जित्दा माओवादीले ५३ स्थानीय तहमा बिजयी

३ जेष्ठ २०७९, मंगलवार ०७:२६

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम आउने क्रम जारी छ । आज विहानसम्मको पछिल्लो विवरण अनुसार देशैभरिमा २४४ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेकोछ ।

जसमध्ये नेपाली ११२ स्थानमा जित हात पार्दै सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले १०९ स्थानमा उपाध्यक्ष जितेको छ ।
दोस्रो स्थानमा ६५ स्थानीय निकायको अध्यक्ष जित्दै एमाले रहेको छ । नेकपा एमालेले ६८ स्थानमा उपाध्यक्ष उपमेयर जितेको छ ।

पछिल्लो परिणाम अनुसार तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । सो पार्टीले ५३ स्थानीय निकायको अध्यक्ष पदमा बिजयी भएको छ । माओवादी केन्द्रले ४७ वटा उपाध्यक्ष पद हात पारेको छ ।

उता, एमालेबाट विभाजन भएको नेकपा समाजवादीले चार स्थानमा बिजतेको छ । सो पार्टीले ९ स्थानमा उपाध्यक्ष जितेको छ ।
पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस २०१ स्थानमा अगाडि रहेको छ भने एमाले १२३ स्थानमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्र ६२ स्थानमा अगाडि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*