बालेन साहले आठ हजार कटाए, एमाले–कांग्रेसले गति लिन सकेनन्

२ जेष्ठ २०७९, सोमबार १९:३३

काठमाडौं । लौरी चिन्ह लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका काठमाडौंको बालेन्द्र साहले आठ हजार मत कटाएका छन् । केहीबेर अघि उनको मत आठ हजार कटेको गणनास्थलबाट प्राप्त जानकारीमा उल्लेख छ । सार्वजनिक भएको पछिल्लो तथ्याङ्क अनुसार साहले ७७७१ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका केशव स्थापितले ४११३ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३५७३ मत ल्याएकी छिन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिई राजधानी काठमाडौको मेयरमा दुई दिनदेखिको जारी मत गणना लिड गरेपछि सिंगोदेश बालेनमय बन्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*