बालेन साहको भोट केशव स्थापितको भन्दा ३३४३ ले बढी, स्थापितलाई पछ्याउँदै सिर्जना

२ जेष्ठ २०७९, सोमबार १४:३४

काठमााडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका लागि हालसम्म बालेन साहले ७ हजार बढी मत प्राप्त गरेका छन् ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुपमा प्राप्त नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्पर्धी केशब स्थापितले भन्दा हालसम्म ३ हजार ३४३ मत बढी प्राप्त गरेका छन् ।

पछिल्लो विवरणअनुसार साहले ७ हजार ८९ मत पाएका छन् भने नेकपा एमाले उम्मेदवार स्थापितले ३ हजार ७४६ भोट पाएका छन् ।

त्यस्तै, स्थापितलाई पछ्याउँदै तेस्रोमा नेपाली काँग्रेस उम्मेदवार सिर्जना श्रेष्ठले ३ हजार ३०० मत पाएकी छिन् । तुलनात्मक रुपमा हेर्दा केशव स्थापित र सिर्जना श्रेष्ठको मत जोड्दा समेत बालेनको प्राप्त मत जति पनि पुगेको छैन ।

बालेनको अग्रता तेस्रो दिनपनि कायमै रहँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारले बाजी मार्न सक्ने बढी सम्भावना रहेको देशैभरी चर्चा चलिरहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेकी सिर्जना श्रेष्ठको मत स्थापितको भन्दा जम्मा ४४६ भोट मात्रै कम रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*