हुप्सेकोट ३ मा नेपाली काँग्रेस पाण्डेको प्यानल बिजयी

२ जेष्ठ २०७९, सोमबार १३:२६

काठमाडौं । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस प्यानलको बिजयी भएको छ । स्थानीय तहको निर्वाचनमा हुप्सेकोट ३ मा कुल २९८९ भोट खसेकोमा नेकपा एमालेलाई पराजित गर्दै सो वडामा नेपाली काँग्रेसको टिमले नै जिते हासिल गरेको हो ।

अध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पाण्डेले ५५ अंक, उपाध्यक्ष पूर्णसिं राना मगरले ८७, वडाध्यक्ष विष्णु रानाले १८२ अंक, महिला वडा सदस्य रेवती सारुले १३ अंक, दलित महिला सदस्य देवी नेपालीले ३४ अंक, वडा सदस्य (एक चिन्ह) गंगा प्रसाद वयम्बु मगरले ११८ मत र वडा सदस्य (दुई चिन्ह) यम बहादुर रजाली मगरले ७२ बढी मत ल्याएर  जित हासिल गरेका हुन् ।

कुल २९८९ मत खसेकोमा अध्यक्ष पाण्डेले १३८० मत प्राप्त गरेकी छिन भने उपाध्यक्ष रानाले १३७७ मत प्राप्त गरेका छन् । त्यस्तै वडाध्यक्षले १४२४ मत, महिला वडा सदस्यले १३७५ मत, दलित महिला सदस्यले १३९७ मत, वडा सदस्य (एक चिन्ह)ले १४१६ मत र वडा सदस्य (दुई चिन्ह)ले १४०४ मत प्राप्त गरेका छन् ।

सो कुल प्राप्त मतमध्ये अध्यक्षमा १०२, उपाध्यक्षमा ९६ मत, वडाध्यक्षमा १०५, महिला सदस्यमा ७७, दलित महिला सदस्यमा ६६, वडा सदस्य (एक चिन्ह)मा ४८ र वडा सदस्य (दुई चिन्ह)मा १०१ मत बदर भएको थियो ।

कुल ६ वटा वडाहरु रहेका हुप्सेकोट गाउँपालिकामा १,२,३,५ र ६ नम्बर वडाको मतगणना भइसकेको छ । यसमध्ये वडा नं. ४ मा एक दलिल महिला सदस्य बाहेक सबै वडामा काँग्रेसको प्यानलले जितिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*