रिभर फल्स पावरको आईपीओमा आवेदन कहिलेसम्म दिन पाईन्छ ?
२ जेष्ठ २०७९, सोमबार १२:४२
काठमाडौ । रिभर फल्स पावरको आईपीओमा आवेदन दिन जम्मा दुई दिन मात्र बाँकि छ । कम्पनीको आइपीओमा जेठ ४ गतेसम्ममा मात्र आवेदन दिन सकिन्छ । कम्पनीले बैशाख २८ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।