१ लाख ४५ हजार ऋणीले लिए २ खर्बमाथि पुनर्कर्जा, कुनमा क्षेत्रमा कति ?

१ जेष्ठ २०७९, आईतवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ चैत मसान्तमा २ खर्बमाथि लगानी गरेको छ । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ चैत मसान्तमा २ खर्ब १६ अर्ब ६ करोड लगानी रहेको छ ।चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २१६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ ।

जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार ९३१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार ९२६ महिला उद्यमीलाई प्रवाह भएको ७३ अर्ब ५२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८३६ ऋणीको ३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*