जेठ महिनामा बैंकको ब्याजदर बढेन
१ जेष्ठ २०७९, आईतवार ११:१६
काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।बैशाख महिनामा ११।०३ प्रतिशत रहेको वाण्ज्यि बैंकहरुको अधिकतम ब्याजदर, जेठ महिनामा पनि यथावत राखिएको हो।
गत साता बसेको नेपाल बैंकर्स संघको बैठकले जेठमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने सहमति गरेको थियो। सोहि सहमति अनुसार बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेको हुन्।
बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११।०३ प्रतिशत पुर्याएका थिए। सोपश्चात हालसम्म बैंकहरुले ब्याजदर बढाएका छैनन्।