काठमाडौं महानगरमा बालेन शाहको भन्दा सुनिता डंगोलको भोट धेरै

१ जेष्ठ २०७९, आईतवार ०६:४३

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा निकै रोचक परिणाम देखिएको छ । आज विहानसम्मको तथ्याङ्क अनुसार मेयरमा बालेन शाह प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।

बालेन शाहभन्दा अगाडि उप मेयरकी उम्मेवार सुनिता डंगोल रहेकी छिन् । आज विहानसम्मको ताजा परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १५७८ मत प्राप्त गर्दा उप मेयरमा सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छिन् । हाल पाँच वटा वडाको मत गणना भइरहेको र ४४५३ मत गणना हुँदा उपमेयर डंगोलले निकै राम्रो मत प्राप्त गरेकी छिन् । उनी उम्मेदवार बनेकी दल एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशव स्थापितको जम्मा ९२५ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरको मत परिणाम यसरी नै अघि बढेको खण्डमा मेयरमा बालेन शाह र उप मेयरमा डंगोल बिजयी हुने देखिएको छ । यद्यपि मत गणना गर्न अझै धेरै बाँकी रहेकोले अहिले नै पूर्वानुमान गर्नु हतार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*