१९ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ११ अर्ब ३१ करोड, ५ कम्पनीको घट्यो

३१ बैशाख २०७९, शनिबार १६:५५

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा ११ अर्ब ३१ करोड रुपैयाँ कमिशन प्राप्त गरेका छन् ।

कम्पनीहरुले गत बर्षको सोहि अवधिमा ११ अर्ब १४ करोड रुपैयाँ बीमा अभिकर्ता कमिशन प्राप्त गरेका थिए । गत बर्षको तुलनामा कम्पनीले बीमा अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन १ दशमलव ५० प्रतिशतले बढेको हो ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा सबैभन्दा धेरै कमिशन भुक्तानी गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।

कम्पनीले चैत मसान्तसम्ममा दुई अर्ब ६३ करोड रुपैयाँ अभिकर्ता कमिशन खर्चिएको छ । कम्पनीले गत बर्षको तुलनामा सोही अवधिमा दुई अर्ब ८४ करोड रुपैयाँ कमिशन खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको अभिकर्ता कमिशन ७ दशमलव ४८ प्रतिशत घटेको छ।

दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालले चैत मसान्तसम्ममा १ अर्ब २८ करोड रुपैयाँ कमिशन बीमा अभिकर्ताका लागि खर्चिएको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ बीमा अभिकर्ताहरुको कमिशनमा खर्चिएको थियो । गत बर्षको तुलनामा कम्पनीको बीमा अभिकर्ता कमिशन ८ दशमलव १० प्रतिशतले कमी हो ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता कमिशन १३ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ३० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको थियो।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार युनियन लाइफले तेस्रो त्रैमाससम्मा ९६ करोड ७४ लाख रुपैयाँ, एशियन लाइफले ६२ करोड ८ लाख रुपैयाँ, सिटिजन लाइफले ६० करोड ४० लाख रुपैयाँ, सूर्या लाइफले ४५ करोड २५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४२ करोड ८० लाख रुपैयाँ,  आइएमई लाइफले ३९ करोड ३९ लाख रुपैयाँ र मेट लाइफले ३५ करोड ८३ लाख रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यस्तै, ज्योति लाइफले ३५ करोड ८३ लाख रुपैयाँ, रिलान्स लाइफले ३३ करोड ९० लाख रुपैयाँ, प्राइम लाइफले ३२ करोड रुपैयाँ, सन नेपाल लाइफले २९ करोड रुपैयाँ, सानिमा लाइफले २८ करोड रुपैयाँ, गुराँस लाइफले २८ करोड रुपैयाँ, प्रभु लाइफले २३ करोड रुपैयाँ, महालक्ष्मी लाइफले १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १४ करोड २४ लाख रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

पाँच कम्पनीको अभिकर्ता कमीशन घट्यो

यस त्रैमासको अवधिसम्ममा पाँच कम्पनीको अभिकर्ता कमीशन गत बर्षको तुलनामा घटेको छ। तेस्रो त्रैमासको अवधिसम्म्मा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नेपाल लाइफको अभिकर्ता कमीशन यस त्रैमासमा ७ प्रतिशतले घटेर २ अर्ब ६३ करोडमा सिमित भएको छ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को अभिकर्ता कमीशन गत आर्थिक बर्षको तुलनामा ७ प्रतिशतले घटेको छ।

प्राइम लाइफको ७ प्रतिशतले अभिकर्ता कमीशन घटेर ३२ करोडमा सिमित भएको छ। यूनियन लाइफको २ दशमलव ८६ प्रतिशत, मेट लाइफको ४ दशमलव ८५, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको ३१दशमलव ७० र गुराँस लाइफको ३७ दशमलव ६३ प्रतिशतले अभिकर्ता कमीशन घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*