तीन वटा जीवन बीमा कम्पनी मर्जर भएर ४० अर्ब जीवन बीमा कोष र सात अर्ब चुक्ता पुँजि भएको नयाँ कम्पनी बन्ने

२९ बैशाख २०७९, बिहीबार १७:५०

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु मर्जर हुन कति कठिन र कति प्रक्रिया पूरा गर्नुपर्दछ त्यो भविष्यले नै बताउँछ । यो कठिन प्रक्रिया पूरा भएपछि तीन वटा जीवन बीमा कम्पनीहरु गुराँस, प्राइम तथा युनियन लाइफ मर्जर भएर नयाँ बन्ने कम्पनीको चुक्ता पुँजि सात अर्बको हुनेछ । हाल प्राईम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख, युनियन लाइफको दुई अर्ब १५ करोड र गुराँस लाइफको चुक्ता पुँजी दुई अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ । मर्जरपछिको पुँजी ७ अर्ब बढी हुनेछ ।

प्राइम लाइफको जीवन बीमा कोषको आकार १७ अर्ब ६३ करोड रहेको छ । त्यस्तै, युनियन लाइफको १० अर्ब ३३ करोड रुपैयाँको जीवन बीमा कोष रहेको छ । त्यस्तै, गुराँस लाइफको १२ अर्ब छ करोड रुपैयाँको जीवन बीमा कोष रहेको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार तीन वटै कम्पनीको जीवन बीमा कोष ४० अर्बभन्दा माथि पुग्नेछ । शक्तिशाली जीवन बीमा कोष, पर्याप्त चुक्ता पुँजि भएको नयाँ जीवन बीमा कम्पनी बन्नेछ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी रु। ९।०९, प्रतिशेयर नेटवर्थ १२४।५४ र प्रतिशेयर कुल सम्पत्तीको मूल्य ७८०।८४ रहेको छ । गुराँस लाइफको प्रतिशेयर आम्दानी (बार्षिक ) रु ८।४२, प्रतिशेयर नेटवर्थ रु। १२९।७० र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रु ७३१।४२ रहेको छ।

युनियन लाइफको प्रतिशेयर आम्दानी (बार्षिक) रु १।६९, प्रतिशेयर नेटवर्थ रु १५६।४७ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रु ६८० रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*