चेक बाउन्स गर्ने नयाँ बानेश्वरमा एकजना पक्राउ
२९ बैशाख २०७९, बिहीबार १६:१०
काठमाडौं । स्ट्याण्डर्ड बैंकमा पैसा नभएको चेक काट्ने रामहरि अधिकारी पक्राउ परेका छन् । हाल नयाँ बानेश्वर बस्दै आएका मकवानपुरका अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।पर्याप्त मौज्दात रकम नभएको बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अधिकारीलाई उच्च अदालत पाटनले बैशाख ४ गते बैंकिङ कसुरको सजाय तोकेको थियो ।
उनलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । तर, उनी त्यसयता फरार रहँदै आएका थिए । यससँगै उनले अब १७ लाख ४२ हजार रुपैयाँ जरिवाना तिर्नपर्नेछ र भने उसलाई ५ दिन जेलमा राखिनेछ ।